☰ open

लिता निवासको सरकारी जग्गा हिनामिना तथा कीर्तेसम्बन्धी कसुरमा ३ जनालाई आइतबार अदालतमा उपस्थित गराउन आदेश

२०८० असार १५, शुक्रबार १२:५०
मिडियाखबर

सर्वोच्च अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना तथा कीर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालकसहित ३ जनालाई आइतबार अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासले बन्दीसहित अदालतमा उपस्थित हुन सरकारी पक्षका नाममा आदेश जारी गरेको हो।

निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए। रिटमा उनीहरुले थुनामुक्त गराउन अन्तरिम आदेशको माग गरेका थिए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights