☰ open

प्रधानमन्त्री दाहाल आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जान लागेको

२०८० असार १८, सोमबार १६:१९
मिडियाखबर

परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री दाहाल आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जान लागेको बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको अहिले तयारी भइरहेको हो।

तेस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमणका रूपमा गत जेठमा भारत गएका प्रधानमन्त्री प्रचण्ड केही सातापछि उत्तरी छिमेकी चीनको भ्रमणमा जान लागेका छन्।

‘सेप्टेम्बरमा हुने प्रधानमन्त्रीको चीन भ्रमण महत्वपूर्ण हुनेछ, सार्थक हुनेछ,’ प्रेस युनियन कैलालीको सोमबार भएको अधिवेशन उद्घाटन कार्यक्रममा परराष्ट्रमन्त्री साउदले भने।

उनले छिमेकी देश चीन र भारतबाट प्रतिफल लिन सकिने पनि बताए।

‘लाभ लिने सन्दर्भमा प्रधानमन्त्रीज्यूको आगामी सेप्टेम्बरमा हुने चीन भ्रमण महत्वपूर्ण हुनेछ,’ उनले भने, ‘नेपालले राष्ट्रिय हितलाई केन्द्रमा राखेको छ।’

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भइरहेको बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights