☰ open

SEE को परीक्षाको नतिजा सार्वजनिक

३ वर्ष
मिडियाखबर

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाको नतिजा सार्वजनिक गरेको छ। २२ हजार ४७५ विद्यार्थीले ३.६० देखि ४.०० जिपिए ल्याएका छन्।

त्यस्तै ३.२० देखि ३.६० सम्म  जिपिए ल्याउनेको संख्या ५५ हजार ०६९ रहेको पनि बोर्डले सार्वजनिक गरेको नतिजामा उल्लेख छ।

२.८० देखि ३.२० सम्म जिपिए ल्याउने विद्यार्थीको संख्या ७२ हजार ३६२ रहेको बताइएको छ।

यस्तै, २.४० देखि २.८० सम्म जिपिए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ३३१ रहेको छ।

२.००देखि २.४० सम्म  जिपिए ल्याउनेको संख्या १ लाख २ हजार २९३ रहेको बोर्डले बताएको छ।

२०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए। तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका एक लाख दुई हजार परीक्षार्थी थिए भने सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ परीक्षार्थी सम्मिलित भएका थिए।

गत वर्षको तुलनामा यस वर्षको नतिजा राम्रो रहेको बोर्डका अध्यक्ष महाश्रमले जानकारी दिए।

गत वर्ष ३.६०देखि ४.०० जिपिए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेकामा यस वर्ष २२ हजार ४७५ रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया