☰ open

ललिता निवास जग्गा हिनामिना प्रकरणमा चार पूर्वसचिवविरूद्ध पक्राउ पुर्जी

२०८० असार २२, शुक्रबार ११:३५
मिडियाखबर

ललिता निवास जग्गा हिनामिना प्रकरणमा चार पूर्वसचिवविरूद्ध पक्राउ पुर्जी जारी भएको छन्। सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवहरूद्ध पक्राउ पुर्जी जारी भएको छ।तत्कालीन सचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगोविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।

तीमध्ये एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन्।  पक्राउ पुर्जी जारी भएकामध्ये अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात फरार छन्।

प्रहरी स्रोतका अनुसार ललिता निवास प्रकरणमा पूर्वसचिवहरूसमेत गरी ४०६ जनाविरूद्ध अदालतबाट पक्राउ पुर्जी लिइएको छ।

तीमध्ये कतिपयलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको छ भने कतिपयको खोजी भइरहेको प्रहरीले जनाएको छ।

११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना प्रकरणको चारवटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

२०४९ सालदेखि २०६९ सालको अवधिमा ललिता निवासको १४३ रोपनीभन्दा बढी जग्गा हिनामिना भएको थियो।

जग्गा हिनामिनामा तत्कालीन प्रधानमन्त्री, मन्त्रीका साथै सम्बन्धित मन्त्रालय, गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारीहरू मुछिएका छन्।

यतिबले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कीर्ते र संगठित अपराधमा अनुसन्धान अगाडि बढाएको छ।

अनुसन्धानकै सिलसिलामा प्रहरीले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीर शाह, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसा गौतमलगायतलाई नियन्त्रणमा लिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights