☰ open

ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना प्रकरणमा थप दुई जनालाई पक्राउ

२०८० असार २६, मंगलवार १२:५९
मिडियाखबर

बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा योगराज पौडेल र नारायणदास मिश्र छन्। उनीहरु दुवै जना मालपोतका पूर्वकर्मचारी रहेको पाइएको हो। पौडेललाई कमलपोखरीबाट र मिश्रलाई बौद्धबाट पक्राउ गरिएको छन्।

योसँगै ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ । यसअघि सूचना तथा प्रविधि मन्त्रालयका बहालवाला सचि कृष्णबहादुर सचिव राउत, समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत धु्रवप्रसाद अर्याल, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ,  निर्वाचन आयोगका पूर्वआयुक्त सुधीकुमार शाह, गोपाल कार्की र धर्मप्रसाद गौतम, काठमाडौं महानगरपालिकाका अधिकृत शिवजी भट्टराई, घमनकुमार कार्की, बाबुराजा महर्जन, समरजंग कम्पनीका तत्कालीन प्रमुख तथा नासु रमेशकुमार पोखरेल, मोही देवनारायण महर्जन पक्राउ परिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights