☰ open

ललिता निवास प्रकरणमा थप एक जना पक्राउ

२०८० असार २७, बुधबार १६:५९
मिडियाखबर

ललिता निवास प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बुधबार समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने सरकारी कीर्ते प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् । त्यसमा समरजंग कम्पनीका तीन जना कर्मचारी रहेका छन् ।

सीआईबीले ललिता निवास सम्बन्धमा कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights