☰ open

प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त

२०८० असार २७, बुधबार १७:०३
मिडियाखबर

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका हुन्।

‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु।  प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु,’ मोदीले लेखेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights