☰ open

आजसम्मकै सुन चाँदीको उच्च विन्दुमा मूल्य पुगे

२०८० असार २९, शुक्रबार १४:२८
मिडियाखबर

पाली बजारमा शुक्रबार चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। गत जेठ २८ गते बनेको उच्च मूल्यको रेकर्ड तोड्दै चाँदीको मूल्य आजसम्मकै उच्च बनेको हो।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि गत जेठ २८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँ पुगेर नयाँ रेकर्ड बनेको थियो।

शुक्रबार सुनको मूल्य भने सामान्य बढेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला आठ सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights