☰ open

रास्वपा का सांसद विराजभक्त महर्जनले संसद्‍ भित्रको घडी नचलेकोमा व्यंग्य गरे

२०८० असार २९, शुक्रबार १५:४५
मिडियाखबर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त महर्जनले संसद्‍ भित्रको घडी नचलेकोमा व्यंग्य गरेका छन्। शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले आफू अगाडिको एउटा कुनामा हातले संकेत गर्दै व्यंग्य गरेका छन्।

सभामुखले समय दिने बित्तिकै सांसद महर्जनले हातले इशारा गर्दै संसद्‌ भित्रकै घडी नचलेको बताए। ‘संसद्‌को एउटा घडी चल्दैन रहेछ। देश चलाउने ठाउँको घडी नै नचलेपछि देशको विकास पनि रोकिइरहेको जस्तो लाग्छ सभामुख महोदय,’ विराजले व्यंग्य गरे।

उनी त्यत्तिमै रोकिएनन्। आफूहरुमाथि बसेका विद्यार्थीहरुप्रति संकेत गर्दै भने, ‘माथि भाइबहिनी आइरहनु भएको होला। ती भाइबहिनीले आफ्ना साथीहरुलाई के भन्छन् होला?’

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights