☰ open

रास्वपा का सभापति रवि लामिछानेले मिटरब्याजसम्ब्न्धी विधेयक नल्याए अब सदन चल्न नदिने चेतावनी

२०८० असार २९, शुक्रबार १६:२३
मिडियाखबर

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मिटरब्याजसम्ब्न्धी विधेयक नल्याए अब सदन चल्न नदिने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनउले कसको स्वार्थमा यो विधेयक नल्याइएको भन्दै प्रश्न समेत गरेका छन् । ‘आगामी बैठकमा मिटरब्याज पीडितहरुका लागि सरकारले ल्याउन ओजेको विधेयेकलाई ब्युँताएर कार्यसूचीमा नराखे रास्वपा सदन चल्न दिने छैन,’ उनले भने ।

उनले १५ दिनभित्र यो विधेयक पारित गराउन सकिने समेत बताए । ‘यो मिटरब्याजसम्बन्धी विषयलाई लिएर यो अध्यादेश जो जिरोमा गयो । प्रतिपक्षी बेन्चमा बसेका कारणले प्रतिपक्षीहरु यसको विरोधमा छन् भन्ने भाष्य निर्माण गर्न सकियो,’ लामिछानेले भनेका छन् ।

‘यसभन्दा अगाडिको बैठकमा सुनियो, मिटरब्याजको अध्यादेश शून्यमा गयो। प्रतिस्थापन विधेयकमार्फत अघि बढ्न सक्थ्यो भन्ने चर्चा चल्यो । प्रतिपक्षीहरू यसको विपक्षमा छन् भन्ने भ्रम छर्न खोज्यो । आजको कार्यसूचीमा किन आएन ?’ प्रश्न गर्दै उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी मिटरब्याजबाट पीडित भएकाहरूको पक्षमा छ । सरकारलाई यो विधेयक यथाशीघ्र सदनमा ल्याउन आग्रह गर्न चाहन्छ । मिटरब्याजका पक्षमा जीवनमरणको दोसाँधमा नागरिक छन् । उनीहरूको पीडाको सम्बोधन गर्नुपर्छ। कसको स्वार्थले ल्याएन ? यो सदनलाई थाहा हुनुपर्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights