☰ open

अमरेश कुमार सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्रीलाई कारबाही गर्न माग

२०८० असार २९, शुक्रबार १६:२९
मिडियाखबर

अमरेश कुमार सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीलाई कारबाही गर्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भने, ‘नक्कली भुटानी शरणार्थी केशमा निर्णय गर्नेलाई समातिएन् । मन्त्रिपरिषदको निर्णय हो । मन्त्रिपरषदबाट निर्णय गर्ने प्रधानमन्त्रीलाई समात्न पर्‍यो नि । तर, तत्कालीन प्रधानमन्त्री को थिए भनेर उनले नाम भने लिएनन् । उनी भन्छन, ‘प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीको नाममा उम्किने छुट छैन।

शारदाप्रसाद त्रिताल आयोगको रिर्पोट किन सार्वजनिक नगरिएको भन्ने पनि उनको प्रश्न छ । ‘किनकी त्यहाँ नेताहरुको नाम छ । नेताहरुलाई छाड्नका लागि सार्वजनिक गरिएन’ उनले भने ।

मोहन रमण भट्टराईको अध्यक्षतामा सरकारी र गुठी जग्गाको जाँच गर्न आयोग बनेको र त्यो आयोगको रिर्पोट पन सार्वजनिक गरिएको भन्दै उनले सार्वजनिक गर्न सरकारलाई आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights