२०८० श्रावण १, सोमबार १३:३३
मिडियाखबर
![](https://i0.wp.com/www.mediakhavar.com/wp-content/uploads/2023/06/buspark.jpg?fit=1024%2C478&ssl=1)
सोमबारदेखि सार्वजनिक यातायातको भाडा घटेको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागूभएसंग डिजेल र पेट्रोलको भाउ घटेको छन् ।
स्वचालित मूल्य प्रणाली अनुसार अब डिलेमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य निर्धारण हुने निगमले जनाएको छ । निगमका अनुसार डिजेलको भाउ प्रतिलिटर ४ रुपैयाँ र पट्रोलको भाउ प्रतिलिटर ६ रुपैयाँले घटेको हो ।
पेट्रोलिय पदार्थको मूल्य घटेसंगै यातायात व्यवस्था विभागले पनि सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो ।
विभागका अनुसार यात्रुवाहक सवारीको भाडा २.१३ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीको २.७८ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीको भाडा ३.०९ प्रतिशतले घटेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया