☰ open

बूढीगण्डकी जलविद्युत उद्घाटन मा प्रधानमन्त्री उद्घाटन गर्ने

२०८० श्रावण ३, बुधबार १०:२८
मिडियाखबर

बूढीगण्डकी जलविद्युत आयोजना फिल्ड कार्यालयको आज उद्घाटन हुने भएको छ। गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा रहेको फिल्ड कार्यालयको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

सिउरेनीटारमा आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाई रहेको छ। बूढीगण्डकी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठका अनुसार आयोजना प्रभावित क्षेत्र धादिङ र गोरखाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights