☰ open

त्रिभुवन विमानस्थल परिसरबाट बुधबार राति झण्डै १०० किलो बराबर सुन बरामद

२०८० श्रावण ४, बिहीबार ०९:५२
मिडियाखबर

त्रिभुवन विमानस्थल परिसरबाट बुधबार राति झण्डै १०० किलो बराबर सुन बरामद भयो। उक्त सुन हङकङबाट ल्याइएको खुलेको छ।

क्याथे प्यासिफिक जहाजबाट उक्त सुन चारदिन अघि नै नेपाल आएको अनुसन्धानबाट खुलेको छ। मंगलबार सुन भन्सार पास भएको जनाइएको छ।

रेडी ट्रेडलिंक बूढानीलकण्ठको नाममा ल्याएको १६० वटा ब्रेकप्याड भित्र लुकाइएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको हो।

बरामद भएको सुन छुट्टयाएर तौल लिने काम जारी रहेकाले ठ्याक्कै परिणाम भन्न नसकिने बताइएको छ।

राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए। हङकङबाट आएको सुन भारततर्फ तस्करी गरेर लैजान लागिएको आशंका गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights