☰ open

नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि आवेदन खुला

२०८० श्रावण ५, शुक्रबार ११:३७
मिडियाखबर

नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि आवेदन खुलाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायतमा रोजगारीका लागि आवेदन खुलाएको हो ।

पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा एक सय जना स्टाफ नर्स लैजाने गरी आवेदन खुला गरेको छ । सरकार सरकार (जिटुजी) संयन्त्रमार्फत नर्सहरू लैजान लागिएको हो ।

पिसिएल नर्सिङ पूरा गरेका तथा नर्सिङमा स्नातक एवम् स्नातकोत्तर तहसम्म अध्ययन गरेकाले कात्तिक २ गतेसम्म आवेदन दिन सक्नेछन् । साथै न्यूनतम दुई वर्षको कार्य अनुभव हुनुपर्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights