☰ open

आज नेपाली बजारमा सुनको भाउ तोलामा ८०० रुपैयाँले घटे

२०८० श्रावण ५, शुक्रबार ११:४६
मिडियाखबर

आज नेपाली बजारमा शुक्रबार सुनको भाउ ओरालो लागेको छन्। शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो। यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। बिहीबार प्रतितोला छापावाल सुन १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँमा किनबेच भएको थियो।

यस्तै, शुक्रबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा कायम भएको छ। बिहीबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights