☰ open

प्रतिनिधिसभा र प्रदेशसभा चुनावको खर्चको विवरण नबुझाउने उम्मेदवारलाई १५ हजार जरिवाना लगाउने

२०८० श्रावण ८, सोमबार १४:५३
मिडियाखबर

गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको खर्चको विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही गरेको छ। निर्वाचनको अन्तिम परिणाम आएको ३५ दिनभित्र खर्चको विवरण नबुझाउने उम्मेदवारलाई १५ हजार जरिवाना लगाउने निर्णय गरेको हो।

निर्वाचन कसुर ऐनको दफा ३१अनुसार कारबाही गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। ‘१५ हजार जरिवाना र सात दिनभित्र खर्चको विवरण सार्वजनिक गर्न भनेका छौँ’, उनले भने।

उनका अनुसार २४ सय बढी उम्मेदवार कारबाहीमा परेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने हुन्छ।

सात दिनभित्र जरिवाना नतिरे थप १५ हजार जरिवाना थपिने उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights