☰ open

सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ

२०८० श्रावण ८, सोमबार १५:०६
मिडियाखबर

सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार ३ सय रुपैयाँले घटेर सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भएको  थियो।

सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। चाँदी  तोलाको १४६० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १४६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights