☰ open

केपी शर्मा ओलीको प्रश्न सय केजी सुन तस्करीमा गृहमन्त्री को संलग्नता छ कि छैन

२०८० श्रावण ९, मंगलवार ११:३८
मिडियाखबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट समातिएको सय केजी सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता छ कि छैन? भनेर प्रश्न गरेका छन्।

कम्बोडियामा आइतबार सम्पन्न निर्वाचन पर्यवेक्षण गरेर सोमबार राति स्वदेश फर्किएका एमाले अध्यक्ष ओलीले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता रहे नरहेको स्पष्ट पार्न आग्रह गरे। उनले सुन प्रकरणमा गृहन्त्रीकमो संलग्नता रहेको आशंका व्यक्त गरेका छन्।

‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ,आफू। उहाँले एयरपोर्टमा सुरक्षाको बन्दोबस्त गरेको छ की छैन? एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो की होइन? यहाँ के आउने के जाने ति चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो की होइन? अनि क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ। गृहमन्त्री कोटको गालामा र टारको गालामा काँक्राको बियाँ अर्काको गालामा मुखैका छेउमा लगेर टाँस्दै बस्छन्। यो अत्यन्तै अनैतिक क्रियाकलाप हो। यस्ता गैर जिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले? उहाँले बताउनुपर्‍यो उहाँको संलग्नता छ छैन?, ‘ ‌ओलीको प्रश्न थियो। सानोतिनो संलग्नताबाट यो काम नभएको ओलीको जिकिर छ।

गृहमन्त्री श्रेष्ठका पछिल्ला अभिव्यक्ति अनैतिक र गैरजिम्मेवार रहेको आरोप लगाउँदै ओलीले जथाभावि नबोल्न पनि आग्रह गरेका छन्। ओलीले  भने, ‘म उहाँलाई सचेत गराउन चाहन्छु। गृहमन्त्रीको हैसियतले उहाँले बोल्दा तरिका पुर्‍याएर बोल्नुपर्छ। बत्तमीज हुनु एउटा कुरा हो। तर यो त गैर जिम्मेवारको हद भयो। जथाभाबी बोल्ने गृहमन्त्री भएर?जथाभाबी बोल्न गृहमन्त्रीलाई छुट छ ?अनि अर्को कोही उनको जबाफदेहिताको कुरा उठायो भने मुद्दा हाल्न जाने? गृहमन्त्रीविरुद्ध मुद्दा हाल्ने की नहाल्ने? गृहमन्त्रीले कोट र टारका सम्बन्धमा चर्चा गरेको त्यसको अर्थ के हो?’

सुन तस्कारी प्रकरणमा आफूलाई पनि जोडेर केही सञ्चार माध्यमले समाचार प्रकाशन तथा प्रशारण गरेको भन्दै ओलीले असन्तुष्टि जनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights