☰ open

केपी शर्मा ओलीले सत्तारधारी दलले देश लुटिरहेको आरोप लगाए

२०८० श्रावण १०, बुधबार १४:०३
मिडियाखबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारधारी दलले देश लुटिरहेको आरोप लगाएका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ दलले नांगो नाच देखाइरहेकाले एमाले चुप लागेर बस्न नहुने बताएका छन्।

सत्ताधारी दलले देश लुटिरहेका छन्, नांगो नाच देखाइरहेका छन्। अब हामी चुप लागेर बस्नु हुँदैन,’ ओलीले भने। एमालेले सुन तस्करीसहित संसदमा उठाउने विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको हो।

सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकालाई लिएर एमालेले प्रश्न गर्दै छाएको छ। सुन तस्करीमा आफूहरूलाई मुछेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

सोमबार राति कम्बोडियाबाट फर्केका एमाले अध्यक्ष ओलीले ‘सुन तस्करीमा आफ्नो संलग्नता भएको नभएको गृहमन्त्रीले जवाफ दिनुपर्ने’ बताएका थिए।

उनले ‘काँक्रा आफू खाएर बियाँ अरूको गालामा टाँस्ने चेष्टा भइरहेको’ भन्दै आक्रोश पोखेका थिए। गृहमन्त्री श्रेष्ठले केही दिनअघि सुन काण्डमा संलग्न ‘कोट’ वा ‘टार’ जहाँका भए पनि कसैलाई नछाड्ने अभिव्यक्ति दिएका थिए। उनको यो अभिव्यक्तिप्रति ओली आक्रोशित भएका हुन्।

अध्यक्ष ओलीले उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको यो अभिव्यक्ति अनैतिक र गैरजिम्मेवबार भएको जिकिर गरे। एमाले सांसदहरू छलफलमा जुटेकाले दिउँसो १ बजेका लागि तय भएको बैठक केही समय पछाडि सारिएको छ।

अध्यक्ष ओलीले भ्रष्टाचार र बेथितिविरूद्ध आवाज उठान सांसदहरूलाई निर्देशन दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights