☰ open

महोत्तरीमा एनएमबी बैंक लुट्ने समूहका एकजनालाई प्रहरीले पक्राउ गरे

२०८० श्रावण ११, बिहीबार १०:०३
मिडियाखबर

महोत्तरीमा एनएमबी बैंक लुट्ने समूहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । छन् । घटनाको झण्डै दुई महिना पश्चात भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमारलाई महोत्तरी प्रहरीले पक्राउ गरेको हो ।

बुधबार महोत्तरीको मटिहानी नगरपालिका ८ बाट उनलाई पक्राउ गर्न सफल भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका अजय माथि हातहतियार र चोरी डाकाँ शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्ने सात दिनको म्याद लिइ अनुसन्धान गरिरहेको छ ।

महोत्तरी गाउँपालिका २ स्थित रहेको एनएमबी बैंकको शाखामा १६ जेठमा दिउँसै ४/५ को हतियारधारी समूहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख १ हजार ४९३ रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटेका थिए ।

नम्बर उल्लेख नभएको दुईवटा मोटरसाइकलमा चढेर आएका उनीहरु बैंक लुटेर फरार भएका थिए । सुरुमा ३८ लाख रुपैयाँ लुटेको कर्मचारीले भनेपनि पछि रुजु गर्दा १५ लाख १ हजार ४९३ रुपैयाँ मात्र लुटेको पुष्टि भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights