☰ open

रेडी ट्रेडर्स प्रालिको गोदामबाट ब्रेक शु मध्ये अधिकांशबाट सुन झिकिसके पाइएको

२०८० श्रावण ११, बिहीबार १०:०८
मिडियाखबर

सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रालिको गोदामबाट बुधवार राजश्व अनुसन्धान विभागले बरादम गरेका ११ सय ६२ थान ब्रेक शु मध्ये अधिकांशबाट तस्करले सुन झिकिसकेको पाइएको छन् ।

प्रारम्भिक परिक्षणमा आधाभन्दा धेरै ब्रेक शुबाट तस्करले सुन झिकिसकेको पाइएको हो ।  योसँगै सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रालिले पछिल्लो २ महिनाभित्र आयात गरेको सबै ब्रेक शु सुनकै भएको पुष्टि भएको छ ।

गोदामबाट ब्रेक शुबाट सुन पगाल्ने उपकरण एक थान र सुन तौलिने तुलो समेत भेटिएको विभागले जनाएको छ ।सोह्रखुट्टेको गोदामबाट ६६ वटा कार्टुनमा ११ सय ६२  थान ब्रेक शु बरामद भएको थियो । जसमा हरेक प्याकेटमा १० थानका दरले ब्रेक शु थियो ।

तर, सोह्रखुट्टेमा बुधबार बरामदमध्ये एउटा पातो ब्रेक शु झिकिएको अवस्थामा भेटिएको छ ।
२०७९ चैत १९ गते खुलेको कम्पनी रेडी ट्रेडर्सले २ साउनसम्म १ हजार ३१७ किलो ब्रेक शु आयात गरेको देखिएको छ ।बुधबार विभागले गोदाममा छापा मारेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights