☰ open

अर्थमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरे

२०८० श्रावण ११, बिहीबार ११:०३
मिडियाखबर

अर्थमन्त्री डा.प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छ ।आज बिहान विमानस्थल पुगेर अर्थमन्त्री महतले निरीक्षण गरेका हुन्  । विमानस्थलमा उनले भन्सारका कर्मचारीहरूसँग सोधपुछसमेत गरेका छन् ।

केही दिनअघि राजस्व अनुसन्धान विभागले विमानस्थलको भन्सारबाट पास भएको सुन बरामद भएपछि सुन तस्करीबारे अनुसन्धान जारी भइरहेको बेला महतले विमानस्थल निरीक्षण गरेका हुन् ।

यसअघि गृहमन्त्री नारायणकाजी लगायतले पनि निरीक्षण गरेका थिए ।विमानस्थलको भन्सारबाटै ठूलो मात्रामा सुन पास भएको घटनापछि त्यसमा संलग्न नाइकेलाई खोजी गर्न सरकारलाई दबाब परेको छ ।तस्करीमा संलग्न भरियालाई नियन्त्रणमा लिने तर मुख्य योजनाकारलाई पक्राउ नगरेको भन्दै नागरिकस्तरबाट प्रश्नसमेत उठ्ने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights