☰ open

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा आजदेखि घटे

२०८० श्रावण ११, बिहीबार १६:५१
मिडियाखबर

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा आजदेखि घटेको हो । बागमती प्रदेश सरकारले आजैदेखि लागू हुने गरेर सार्वजनिक सवारीको भाडादर समायोजन गरेसँगै गाडीभाडा घटेको हो ।

नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा एक रुपैयाँले घटेको हो ।

काठमाडौं उपत्यकाभित्र सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा लाग्नेछ । पहिले पाँच किलोमिटरसम्मको भाडा १९ रुपैयाँ रहेको थियो ।

यस्तै, उपत्यकाभित्र १० किलोमिटर यात्रा गर्दा अब २४ रुपैयाँ भाडा लाग्ने छ । पहिलो १० किलोमिटरसम्मको भाडा २५ रुपैयाँ रहेको थियो ।

यस्तै, प्रदेश भित्र चल्ने (लामो–छोटो दूरी) मालबाहक सवारी साधनको भाडादर ३.१८ प्रतिशतले घटेको छ । यसका साथै, प्रदेशभित्रका ठूला सहरी क्षेत्रमा चल्ने सिटी बसको भाडादर ३.२६ प्रतिशतले घटेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights