☰ open

प्रधानमन्त्री ले राजीनितक उद्देश्यका लागि मन्त्रीहरूको राजीनामा मागिहाल्ने संस्कृति ठीक नभएको बताए

२०८० श्रावण १२, शुक्रबार १४:१६
मिडियाखबर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनितक उद्देश्यका लागि मन्त्रीहरूको राजीनामा मागिहाल्ने संस्कृति ठीक नभएको बताएका छन्।

इटली भ्रमण सकेर शुक्रबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

‘राजनीतिक उद्देश्यका लागि हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्नु राम्रो होइन। मन्त्रीहरूलाई स्पष्टीकरण राख्नु दिनुपर्छ,’ उनले भने।

स्पष्टीकरणको मौका नदिइकन राजीनामा नदिए संसद चल्न दिन्नौं भन्ने संस्कृति राम्रो नभएको प्रचण्डको भनाइ छ।

‘प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई राम्रोसँग स्पष्टीकरण दिने मौका पनि नदिइ राजीनामा देऊ नत्र सदन चल्न दिँदैनौं भनेर पहिल्यै घोषणा गर्ने यो राजनीतिक कल्चर हामीलाई राम्रो ठाउँतिर लैजाँदैन,’ उनले भने।

प्रचण्डले सुन प्रकरणमा उपप्रधानमन्त्रीहरू र मन्त्रीहरूसँग कुरा गरेपछि मात्रै आफूले थप कुरा गर्ने बताए।

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनले इटलीमा आयोजना गरेको ‘फुड समिट प्लस टु’ मा सहभागी हुँदा देशको कृषि क्षेत्रको मार्गदर्शन भएको उल्लेख गरे।

सम्मेलनका क्रममा बांगलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेटवार्ता भएको उनले जानकारी दिए।

भेटका क्रममा दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, क्षेत्रीय सहयोग, अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र बंगादेशबीचको सहकार्यलगायतका विषयमा छलफल भएको उनले बताए।

प्रधानमन्त्री प्रचण्डले बंगलादेश सरकार नेपालमा उत्पादित जलविद्युत खरिद गर्न इच्छुक रहेको जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights