☰ open

मधेस प्रदेसमा जनमत पार्टीका वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले राजीनामा दिएका

२०८० श्रावण १५, सोमबार १५:१२
मिडियाखबर

मधेस प्रदेसमा जनमत पार्टीबाट सरकारमा सामेल मन्त्री र राज्यमन्त्रीले राजीनामा दिएका छन्।

जनमत पार्टीका वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले राजीनामा दिएका हुन्।

यसअघि कृषि मन्त्रालय सम्हालिरहेका कुशवाहालाई विनाविभागीय मन्त्री बनइएको थियो।

कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर नेकपा(एकीकृत समाजवादी) का गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए।

त्यसयता जनमत पार्टीका दुवै जना विनाविभागीय मन्त्री थिए।

कुशवाहा र यादवले पार्टीको निर्देशनमा राजीनामा दिएको बताइएको छ।

दुवै जनालाई हटाएर अब हुने मन्त्रिपरिषद विसतारमा प्रमुख सचेतक चन्दन सिंह र राज्यमन्त्रीका लागि दलितबाट प्रतिनिधित्व गर्ने मञ्जु खंगलाई सरकारमा पठाउने तयारी जनमतले गरेको छ।

मुख्यमन्त्री यादवले सोमबार छैटौंपटक मन्त्रिपरिषद विस्तार गरेर सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।

गृह सञ्चार तथा कानुन र श्रम तथा यातायात मन्त्रालय मुख्यमन्त्री यादवले आफैंसँग राखेका छन्।

त्यसबाट १–१ मन्त्रालय कांग्रेस र जनमतलाई दिने तयारीमा मुख्यमन्त्री छन्।

कांग्रेसले गृह तथा सञ्चार र जनमतले श्रम तथा यातायात मन्त्रालय पाउने सम्भावना रहेको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights