☰ open

ठेक्का सम्झौताको म्याद थप्नुपर्ने माग गर्दै निर्माण व्यवसायीहरुले डोजरसहित प्रदर्शन गरे

२०८० श्रावण १६, मंगलवार १०:५८
मिडियाखबर

ठेक्का सम्झौताको म्याद थप्नुपर्ने माग गर्दै निर्माण व्यवसायीहरुले डोजर लगायतका निर्माण यन्त्रसहित प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन् ।

व्यवसायीहरुले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, उपभोक्ता समितिबाट हुने निर्माण कार्य खारेज गरलगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका ९ बुँदे मागसहित आन्दोलन थालेको जानकारी गराउँदै माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए ।

निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीहरुलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनु पर्ने उनको माग छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights