☰ open

गृहमन्त्री: सुन तस्करी प्रकरणमा माओवादी केन्द्रकै नेता संलग्न भएको पाइए पनि नछोड्ने चेतावनी

२०८० श्रावण १८, बिहीबार १५:०८
मिडियाखबर

नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा माओवादी केन्द्रकै नेता संलग्न भएको पाइए पनि नछोड्ने चेतावनी दिएका छन्।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान नरोकिने भन्दै यदि प्रमाण भेटिए पार्टीका नेता समेत कारबाहीमा पर्ने बताए।

‘निर्दोष नफसुन्, दोषी नउम्किउन् भन्ने मान्यताअनुसार सरकारले अनुसन्धान गरिरहेको उनको दाबी छ। ‘यस्तोमा जोसुकै होस् चाहे हाम्रै पार्टीका नेता कार्यकर्ता नै किन नहुन् दोषी पाइए कारबाही भोग्न तयार हुनुपर्छ’, श्रेष्ठले भने।

सुन तस्करी प्रकरणमा माओवादी नेता कार्यकर्ताकै संलग्नता रहेको भनेर प्रचार भइरहेका बेला मन्त्री श्रेष्ठको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights