२०८० श्रावण १८, बिहीबार १५:२५
मिडियाखबर
सहकारी पीडितहरूकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेका छ । पीडितहरूले बिजुली बजारमा सडक बन्द गरेपछि प्रहरीले हस्तक्षेप गरेको हाे ।
सहकारीमा आफूहरूले राखेको बचत फिर्ता गराउन सरकारले पहल गर्नुपर्ने माग गर्दै पीडितहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनसहित बानेश्वरतिर आउन लागेका पीडितहरूलाई प्रहरीले बिजुली बजारको पुलमा रोकेको थियो । उनीहरू सडक नै बन्द हुने गरी पुलमै धर्ना बसेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया