☰ open

जनमत पार्टीले सरकारमा सहभागी जाने निर्णय गर्दै

२०८० श्रावण १८, बिहीबार १५:३२
मिडियाखबर

जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंमा बसेको छ । बिहीवार काठमाडौंमा केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रिय कार्यकारिणी समितिको बैठकमा एकैपटक बसेको हो । बैठकमा सरकारमा सहभागी हुनेकुरा मुख्य एजेण्डा रहेको छ । बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले सरकारमा सहभागी हुने एजेण्डासहित बैठक बस्न लागेको बताए । उनले संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउने विषय रहेको पनि बताए ।

उनले भने, ‘केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्यो । हाम्रो मुल एजेण्डा भनेको संगठन सुदृढीकरण,अभियान चल्दैछ । त्यसलाई कसरी प्रभावकारी बनाउने विषयमा केन्द्रित छ । विभिन्न समितिमा मनोनित गर्नुपर्ने नामहरु मनोनित गर्न र विभिन्न विभाग गठन गर्न बैठक बसेको हो । सरकारमा सहभागीताको विषयमा पनि छलफल हुनेछ ।’

अध्यक्ष राउतले पार्टीको बैठकमा पार्टीका विभिन्न समितिमा मनोनित गर्नुपर्ने सदस्यहरु, विभिन्न विभाग गठनको विषयमा पनि छलफल हुने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights