☰ open

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई जना छुटे

२०८० श्रावण १८, बिहीबार १६:४१
मिडियाखबर

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई जना छुटेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतान छुटेका हुन् ।

पोखरेलको स्वास्थ्यको कारण देखाउँदै जिल्ला अदालत काठमाडौंले हाजिर जमानीमा छाड्न आदेश दिएको सीआईबी प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए।

खेतानले भने आफ्नो नाममा भएको करिब ७ आना जग्गा फिर्ता गर्ने बताएपछि छाडिएको हो। दुई जना छुटेसँगै अब सीआईबीको हिरासतमा २० जना बाँकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights