☰ open

धनगढीबाट चितुवाको छालासहित २ जना पक्राउ

२०८० श्रावण १९, शुक्रबार १८:१७
मिडियाखबर

धनगढीबाट चितुवाको छालासहित २ जना पक्राउ परेका छ। धनगढीको बोराडाँडीस्थीत न्यू रोहन होटेल एण्ड रेष्टुरेन्टबाट एक थान चितुवाको छालासहित २ जना पक्राउ परेको छ।

प्रहरीका अनुसार डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर १२ का गोविन्द भट्टराई र कञ्चनपुरको बेदकोट नगरपालिका–७ का बामदेव जोशी पक्राउ परेका हुन्। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक प्रकाश कडायतको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights