☰ open

टोखामा मोटरसाइकलको ठक्करले एकजनाको मृत्यु

२०८० श्रावण १९, शुक्रबार १८:२२
मिडियाखबर

टोखामा मोटरसाइकलको ठक्करले एकजनाको मृत्यु भएको छ ।

टोखा नगरपालिका–२ चण्डेश्वरी मन्दिर नजिक बा२५प २९३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री खोटाङ घर भई काठमाडौं टोखा–८ बस्ने ५० वर्षीया कमला बस्नेतको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी बस्नेतको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights