☰ open

चितवनमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएकाे

२०८० श्रावण २२, सोमबार १६:०२
मिडियाखबर

चितवनमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएकाे छ । बाघकाे आक्रमणबाट खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङकाे ज्यान गएकाे हाे ।

उहाँलाई खैरहनी नगरपालिका–१२ सहनपुरमा रहेकाे केरा घारीमा हिजाे आइतवार दिउँसो बाघले आक्रमण गरेकाे थियाे ।

चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights