☰ open

एमालेले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक आज पनि स्थगित

३ वर्ष
मिडियाखबर

राष्ट्रियसभाको बैठक आज सोमबार पनि स्थगित भएको छ। सुन तस्करी प्रकरणको बारेमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक आज पनि स्थगित भएको हो।

सुन काण्डमा सरकारले मात्रै छानबिन गरेर सम्भव नहुने भन्दै उच्चस्तरीय छानबिन समिति गठन गरेरै अनुसन्धान गर्नुपर्ने माग गरेर एमालेले यही साउन १० गतेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा अवरोध गर्दै आएको छ।

राष्ट्रिय सभाको अर्को बैठक पर्सि बुधबार बस्ने छ। अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विरोध र दबाबको शैलीलाई परिमार्जन गर्दै बैठक अगाडि बढाउन आग्रह गर्दै बारम्बार प्रतिपक्षी सांसदलाई बस्न आग्रह गरेका थिए।

राजस्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको झन्डै एक सय किलो सुन बरामद गरेको थियो। तस्करहरूले हङकङबाट नेपाल ल्याएको सुन प्रकरणमा विमानस्थल भन्सारका तीन जना कर्मचारीसहित १८ जना पक्राउ परिसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया