☰ open

संसदमा अवरोध हटाउने विषयमा बालुवाटारमा छलफल निष्कर्षविहीन

२०८० श्रावण २३, मंगलवार १४:३३
मिडियाखबर

संसदमा जारी अवरोध हटाउने विषयमा छलफल जारि रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास बालुवाटारमा छलफल सुरु भएको हो।

छलफलमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलगायतको उपस्थिति छ।

सोमबार प्रतिनिधिसभाको अवरोध खुलाउन दुई चरणको बैठक बसे पनि  बिनानिष्कर्ष सकिएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको तस्करीको १ क्विन्टल सुन बरामद प्रकरणले पछिल्लो समय संसद्‌का दुवै सदनका बैठकहरू प्रभावित हुँदै आएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरी समिति गठन गरिनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ।

एमालेले प्रतिनिधिसभाको साउन १० गतेको बैठकमा उच्चस्तरीय समिति गठनको माग गर्दै अवरोध सिर्जना गरेको गर्‍यो। त्यसपछिका बैठकहरू पनि निरन्तर अवरोध गर्दै आएको छ। यही अवरोध खुलाउने विषयमा सभामुख घिमिरेले बैठक बोलाएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights