☰ open

सिरहामा चर्को मिटरब्याजको धन्दा चलाएको आरोपमा एकजना महिला पक्राउ

२०८० श्रावण २५, बिहीबार १२:०४
मिडियाखबर

सिरहामा चर्को मिटरब्याजको धन्दा चलाएको आरोपमा एकजना महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ६ की ३५ वर्षीया सुजाता साह छन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।

ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जनौं उजुरी छ । मिर्चैया क्षेत्रमा उनी लामो समयदेखि चर्को मिटरब्याज धन्दा चलाउँदै आएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights