☰ open

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ

२०८० श्रावण २५, बिहीबार १६:२८
मिडियाखबर

मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले गल्फुटारबाट पक्राउ गरेको हो।नेपाल प्रहरीको उच्च स्रोतले पनि शर्मालाई पक्राउ गरिएको जानकारी दिएको छ। सांसद शर्मा पक्राउ परेकोबारेमा सीआईबीले भने औपचारिक पुष्टि गरेको छैन।

उनलाई पक्राउ गर्नुको कारणबारे प्रहरीले केही खुलाइसकेको छैन।सांसद शर्माले गत साउन ३ गते त्रिभुवन विमानस्थलबाहिरबाट बरामद भएको १०० केजी सुन प्रकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को आलोचना गर्दै आएका थिए।

उनले सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेकाले उनीहरुले राजीनामा दिनुपर्ने अभिव्यक्ति सार्वजनिक रुपमै दिने गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights