☰ open

सुन तस्करी प्रकरणमा संलग्न दुई चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

२०८० श्रावण २६, शुक्रबार १०:३६
मिडियाखबर

१०० किलो सुन तस्करी प्रकरणमा संलग्न दुई चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। हिमालय एयरलाइन्सबाट चीन भाग्न लागेका ली जियालिन र लिउ फुयानलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले गए राति नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएको हो।

दुवै चिनियाँ नागरिक हङकङबाट क्याथे प्यासेफिकको उडानमा ल्याइएको तस्करीको सुन प्रकरणका मुख्य अभियुक्तमध्येका रहेको बताइएको छ। यही प्रकरणमा यसअघि विमानस्थलबाट छेन्दु भाग्न लागेका एक अर्का चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो।

यही प्रकरणमा तिब्बती मूलका बेल्जियन नागरिक र भारतीय नागरिकसहित १८ जना पक्राउ परेका थिए।

विमानस्थल अध्यागमन कार्यालयले प्रहरीबाट अपराधमा संलग्न केही व्यक्तिको नाम कालोसूचीमा राख्न अनुरोध भइ आएको र त्यसमध्येका दुई चिनियाँ कालो सूचीमा रहेको खुलेपछि पक्राउ गरिएको जनाएको छ।

क्विन्टल सुन तस्करी प्रकरणमा संगठित अपराधका दफा लगाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights