☰ open

नक्कली शैक्षिक प्रमाण पत्र आरोपमा सुमेरू सिटी हस्पिटलकी डा. पुनम थापा चौधरी पक्राउ

२०८० श्रावण २६, शुक्रबार १३:५७
मिडियाखबर

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कथित नक्कली डाक्टर माथि चलाएको अपरेसनमा पुनम थापालाई पक्राउ गरेको छ। उनी शुक्रबार भक्तपुरबाट पक्राउ परेकी हुन्।

पुनम सहित यो अपरेसनमा पक्राउ पर्नेहरुको संख्या एक सांसदसहित ८ जना पुगेको छ। सीआईबीले शुक्रबार नै मोरङबाट मनित चौधरीलाई पक्राउ गरेको थियो।

यसअघि धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकार पक्राउ परेकी थिइन्। ललितपुरको हात्तीबन निवासी सिल्पकारलाई सीआईबीले प्लस टुको सर्टिफिकेट नक्कली भएको भन्दै पक्राउ गरेको थियो।

‘अपरेसन फक्सट्रट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा बिहीबार दिउँसो प्रतिनिधि सभाका सांसद सुनिल शर्मालाई पक्राउ गरेको थियो।

त्यसपछि त्रिवि शिक्षण अस्पतालका डाक्टर पक्राउ परेका छन्। त्रिवि शिक्षण अस्पतालका डाक्टर अमित चौधरीलाई अपरान्हतिर पक्राउ गरिएको थियो।

सिआइबीले मोरङ क्षेत्र नम्बर ३बाट निर्वाचित कांग्रेस सांसद सुनिल शर्मालाई पनि पक्राउ गरेको छ।

डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह, डा. अमित चौधरी, डा. श्रद्धा शिल्पकार र डा. मनित चौधरी पनि पक्राउ परेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights