☰ open

राष्ट्रिय स्वतन्त्र पार्टी संसद नचलेको बेलामा कुनै सेवा सुविधा नलिने

२०८० श्रावण २६, शुक्रबार १४:१५
मिडियाखबर

प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि बाहिरिने क्रममा सभापति रवि लामिछानेले संसद नचलेको बेलाको कुनै सेवा सुविधा नलिन व्यवस्था गरिदिन सभामुखलाई आग्रह गरेको बताए छन् ।

उनले भने, ‘हामीले सभामुखलाई दलको तर्फबाट संसद सुचारु गर्नको लागि संसदीय अभ्यासभित्र रहेर संसद निरन्तर चलोस् भनेर सभामुखलाई औपचारिकरूपमा पत्र दर्ता गराएका छौं ।’

उनले सरकार र प्रतिपक्षी दलबीचको कुरा मिलाएर चाँडोभन्दा चाँडो सदन सुचारु गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights