सिरहा सदरमुकाममा मिटरब्याज पीडितले प्रदर्शन गरेका हुन् । मिटरब्याज पीडितले आयोग र कानुन बनेपनि पीडितको पक्षमा काम नहुने गरेको भन्दै उनीहरु प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको गेट अगाडि उनीहरु नारावाजी गर्दै प्रदर्शन गरेको छन् ।

प्रहरी प्रशासनले मिटरब्याजीहरुसँग मिलेर काम गर्ने गरेको, मिटरब्याजीलाई राजनीतिक दलका नेताहरुले संरक्षण गरिरहेको, मिलापत्रका लागि बोलाइने छलफलमा मिटरब्याजीहरु आउन अटेरी गर्दा पनि पक्राउ गर्न प्रहरी प्रशासन ढिलासुस्ती गर्दै आएको पीडितहरुको गुनासो छन् ।