☰ open

धनुषाको सहिदनगर नगरपालिकाका इन्जिनियर रमेशकुमार चौधरी घुससहित पक्राउ

३ वर्ष
मिडियाखबर

धनुषाको सहिदनगर नगरपालिकाका इन्जिनियर रमेशकुमार चौधरी घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटेको टोलीले चौधरीलाई नगरपालिकाको वडा नम्बर ३ स्थित पशु सेवा केन्द्रको भवनबाट घुस रकमसहित पक्राउ गरेको हो।

इन्जिनियर चौधरीका साथै उनका साथी गुरूदेव यादवलाई पनि अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ। इन्जिनियर चौधरी र उनका साथी यादवलाई १ लाख नगद र १ लाख ७५ हजार बराबरको चेकसहित पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

पर्खाल निर्माण कार्य सम्पन्न पश्चात रकम भुक्तानी दिने क्रममा इन्जिनियर चौधरीले सेवाग्रहीबाट घुस माग गरेको सूचनाको आधारमा पक्राउ गरिएको दाहालले बताए।

चौधरी र यादवलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया