☰ open

सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिए

२०८० श्रावण २९, सोमबार ०९:५४
मिडियाखबर

सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उज्यालोलाई जानकारी दिइन्। उनका अनुसार बिहान ४ बजे नदीमा पानीको बहाव ४ लाख ६२ हजार क्युसेक पुगेको थियो । अहिले भने पानीको बहाव बिस्तारै घट्न थालेको छ।

अघि बिहान सात बजेको मापनअनुसार ४ लाख ४० हजार क्युसेकमा झरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो । सप्तकोशीमा १ लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको सङ्केत मानिन्छ।

‘अहिले धेरै जोखिम छैन, हामी स्थलगत अवलोकनमै बिहानैदेखि खटिएका छौँ। सम्भावित जोखिम कम गर्न उच्च अलर्ट बस्न आग्रह गरेका छौँ,’ उनले भनिन्। कोशी ब्यारेजमा अहिले आवतजावत बन्द गरिएको छ। त्यस आसपासका क्षेत्रमा  सावधानी अपनाउनु आग्रह गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights