☰ open

नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

२०८० श्रावण २९, सोमबार १६:३६
मिडियाखबर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। एमालेको नारबाजीपछि प्रतिनिधिसभा बैठक भदौ ३ गतेसम्मका लागि स्थगित भएको हो।

सुन तस्करीका बारेमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेका सांसदहरूले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको करिब सय किलो सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै एमालेले संसदमा अवरोध गर्दै आएको छ।

एमालेको अवरोधका कारण १० साउनदेखि संसद सञ्चालनमा आउन सकेको छैन।

संसद खुलाउन सभामुख घिमिरेले यसअघि पटकपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको बैठक राखे पनि सहमति हुन सकेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights