☰ open

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद सुन गाल्न जारी

२०८० श्रावण ३०, मंगलवार १०:४७
मिडियाखबर

आज पनि नेपाल राष्ट्र बैङ्कको टक्सार महाशाखाले सुन छुट्याउने काम जारी राखेको महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद सुन गाल्न जारी रहेको छ । सुनको मात्रा पत्ता लगाउन हिजोबाट सुन गाल्ने कार्यको थालनी भएको थियो ।

सुन छुट्याइसकेपछि एक दिन सुन गाल्न समय लाग्ने र त्यसपछि आर्थिक परीक्षणको काम सुरु गरिने उनले बताए ।

सबै सरोकारवाला प्रतिनिधिको रोहबरमा सुन गाल्ने प्रक्रिया सुरु भएको हो । राजश्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालयबाट बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । बरामद गरिएको सुनसहितको ब्रेक शु टक्सार महाशाखामा राखिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights