☰ open

जानकी मन्दिर परिसरमा प्रचार-प्रसारका लागि राखिएका मुख्यमन्त्री र हिरो मोटरसाइकलको प्रचार सामग्री हटाए

२०८० श्रावण ३०, मंगलवार १३:२०
मिडियाखबर

जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा प्रचार-प्रसारका लागि राखिएका ठूला व्यानर हटाइएको छ ।

यूवाहरूको एक समूहले मन्दिर परिसरबाट मुख्यमन्त्री सरोजकुमार यादव र हिरो मोटरसाइकलको प्रचार सामग्री हटाएको हो । मन्दिर परिसरमा विनाअनुमति गैरधार्मिक पोष्टर राखिएकाले ती प्रचार सामग्री हटाएको उनीहरूले बताए ।

युवा अभियन्ता सरोज मिश्रले पटक-पटक सरोकारवालालगायत मुख्यमन्त्री, सीडीओ, मेयर र महन्धलाई ध्यानाकर्षण गराउँदा पनि चासो नदेखाएको गुनासो गरे ।

अगामी दिनमा जानकी मन्दिर परिसरमा धार्मिक स्थल एवं परिक्रमाको विशेषतासहितको बोर्ड ब्यानरनर लगाउने योजना रहेको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights