☰ open

बौद्धमा बसको ठक्करबाट साइकल यात्रुको मृत्यु

३ वर्ष
मिडियाखबर

काठमाडौँको बौद्धमा बसको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ।

मंगलबार दिउँसो पौन २ बजेतिर बौद्धबाट जोरपाटी जाँदै गरेको बसले ठक्कर दिएको बुझिएको छ।

तर कुन बसले ठक्कर दिएको भन्ने खुलेको छैन। बसले ठक्कर दिएर भागेको प्रत्यक्षदर्शीले बताएका छन्।

मृत्यु हुनेमा पुरुष रहेका छन्। उनको परिचय भने खुलेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया