☰ open

सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ

२०८० श्रावण ३०, मंगलवार १४:४२
मिडियाखबर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको अवैध सुन तस्करी प्रकरणमा थप ३ जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा २ जना पुरुष र १ जना महिला रहेको प्रहरी स्रोतले बताएको छ।

स्रोतका अनुसार उनीहरूको साथबाट नगद ३१ लाख नेपाली रुपैयाँसमेत बरामद भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भइसकेको अवस्थामा साउन २ गते राजस्व अनुसन्धान विभागले ब्रेक सुसहित ठूलो मात्रामा सुन बरामद गरेको थियो।

जसको अनुसन्धान जारी रहेकोले यही प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ परेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights