☰ open

गालेपछि सुनको परिमाण ६० किलो ६१६ ग्राम भए

२०८० श्रावण ३०, मंगलवार १५:१०
मिडियाखबर

हङकङबाट मोटरसाइकलको ब्रे‍क शुभित्र लुकाएर भित्र्याइएको अवैध सुनको परिमाण गालेपछि ६३ ग्रामले घटेको छ। टक्सार महाशाखाले मं‌गलबार बिहान १० बजेदेखि गाल्ने काम सुरु गरेको थियो। गालेपछि सुनको परिमाण ६० किलो ६१६ ग्राम भएको हो।

साउन २ गते  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको सुन सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोखिएको थियो। जोख्दा सुनको परिमाण ६० किलो ७७९ ग्राम देखिएको थियो।

उक्त सुन भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। त्यसबेला सुनसहितको ब्रेक शुको तौल १५५ किलो रहेको सार्वजनिक गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights